भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
मिडिया एनपी, काठमाडौं, ६ फागुन । ललितपुर प्रहरीले कालोबजारी, ठगी र गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो । कालोबजारी गरी ठगी गरेको आरोपमा ललितपुरको सानेपास्थित सेरोल्याव नेपाल ट्रेडर्सका सञ्चालक किरण कुमार श्रेष्ठलाई बुधबार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक किसन सिंह थापाले जानकारी दिए ।
उनले मेडिकलजन्य सामानमा आफैंले प्रिन्ट गरी विदेशी ब्राण्डका नाममा वीरेन्द्र सैनिक अस्पताल लगायतका अस्पतालमा विक्री गरेर कालोबजारी तथा ठगी गरेको आरोप लगाए । बर्दिया राजापुर–६ का श्रेष्ठका साथबाट २१ थान किट, प्रिन्टर २ वटा र कम्प्युटर १ थान तथा विभिन्न बिल र कागजातहरु बरामद गरिएको उपरीक्षक थापाले जानकारी दिए ।
यस्तै धारिलो हतियार देखाएर नागरिकलाई त्रसिद पारि गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका रौतहट पौराईका आकाश लामा, मोरङ शनिश्चरेका किरण शिवाकोटी र काभ्रे आम्बोटेका गोविन्द लामालाई पनि सार्वजनिक गरिएको छ । उनीहरु विरुद्ध सार्वजनिक अपराध अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको उपरीक्षक थापाले जानकारी दिए ।
यसैगरी बैदेशिक रोजगारीमा पठाइ दिन्छु भनि ठगी गरेको आरोपमा ललितपुर सुनाकोठीका उत्तम ताम्राकार र काठमाडौं बागबजारका उदेश खड्कीलाई पनि पक्राउ परेका छन् । उनीहरुले विभिन्न व्यक्तिहरुलाई नेकपा माओवादीको पूर्व लडाकुहरुका लागि अयोग्य परिचय पत्र बनाई दिएर मकाउमा आकर्षक रोजगारी दिलाइ दिन्छु भनी १६ लाख रुपैयाँ ठगी गरेको प्रहरीको दावी

0 comments:
Post a Comment