+44(0) 1234 567 890 info@domainname.com

Saturday, February 20, 2016

पश्चिमी वायुका कारण आइतबारसम्म मौसम प्रतिकुल, केही स्थानमा वर्षा र हिमपात -

3:58 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

पश्चिमी वायुको प्रभावका कारण शनिबार देशभरको मौसममा निकै खराबी आएको छ । वायुको प्रभावले देशभरको मौसम बद्ली हुनुका साथै पश्चिमी भेगमा अहिले हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



पश्चिमका केही ठाउँमा हल्का वर्षा र उच्च हिमाली भेगमा सामान्य हिमपातसमेत भएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुको प्रभावले गए राति देखिनै काठमाडौँ उपत्यकासहित देशभर बद्ली भएको छ, यो क्रम दिनभर जारी रहन्छ, आइतबारदेखि मौसममा सुधार आउनेछ ।

रातिदेखि नै आकाशमा बादल लागेकाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अघिल्लो दिनको तुलनामा बढेर ११.५ डिग्रीसेल्सियस पुगेको छ । न्यूनतम तापक्रम बढे पनि उपत्यकासहित देशभर बद्ली हुँदा बढी चिसो महसुस गरिएको छ ।
 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment