+44(0) 1234 567 890 info@domainname.com

Thursday, March 3, 2016

किन आत्महत्या गरौँ जस्तो लाग्छ रामचन्द्र पौडेललाई? दिए ६ कारण -

6:25 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

काठमाडौँ : कांग्रेस कार्यवाहक सभापति एवम् जारी महाधिवेशनमा सभापतिका उम्मेद्वार रहेका रामचन्द्र पौडेलेले बिहीबार १३ औँ महाधिवेशनको उद्घाटन समारोहमा मनका कुरा खोले। हजारौँ कांग्रेस कार्यकर्ता उपस्थित समारोहमा पौडेलले भावुक हुँदै राजनीतिको बिसङ्गतिबाट आफू दिक्क भएको जाहेर गरे। अनि उनले राजनीतिप्रति समाजमा भइरहेको टिप्पणीबाट आफूलाई आत्महत्या गरौँ जस्तो लाग्ने गरेको बताए। पौडलले भने – ‘कहिलेकाँही त साथीहरु मलाई आत्महत्या गरौँ जस्तो लाग्छ।’

पौडेलले आफूलाई त्यस्तो लाग्नुका पछाडिका कारणबारे खुलाउन भने भुलेनन्। उनले के के कारण दिए त आफूलाई त्यस्तो लाग्नुमा? पढ्नुस् पौडेलले दिएका ६ कारण
१) राजनीति गर्ने आलोचित छन्

नेपालमा राजनीति गर्ने नेताहरु अत्यन्त आलोचित छन्। राजनीति गर्ने नेताहरु प्रति हामी मिडियामा सुन्छौँ, सामाजिक सञ्जालमा हामी हेर्छौँ। सारातिर हामी हेर्छौँ। कहिलेकाँही त मलाई साथीहरु आत्महत्या गरुँ जस्तो लाग्छ।
२) राजनीतिको निन्दा भएको छ

राजनीति गर्ने मान्छेमाथि निन्दा भएको छ। राजनीति गर्ने मान्छेहरु निन्दित भइरहेका छन्।

३) राजनीति गर्नेलाई सबैभन्दा ठूला पापी ठानिएको छ

सबैभन्दा ठूला पापीहरु यिनीहरु नै हुन् जस्तो गरेर विभिन्न किसिमका कुराहरु आइरहेका छन्। होला यसमा कति अतिरञ्जना होला। कति बदमासी होला। तर पनि हामीले केही गल्ती गरेका छौँ कि छैनौँ आफूलाई पनि हेर्नुपर्छ।
४) राजनीति लाञ्छित भएको छ, राजनीति गर्नेले आफूलाई हेर्नुपर्छ

कहीँ हामीले पनि समाजमा विकृति ल्याएका छौँ कि छैनौँ ? आफूलाई पनि हेर्नुपर्छ हामीले? अब हामीले यो राजनीति जो अपमानित भएको छ राजनीति जो लाञ्छित भएको छ। म तपाईँहरुलाई भन्न चाहान्छु। मेरो उद्देश्य यो राजनीतिलाई सम्मानित गराउने हो।
५) राजनीतिलाई सम्मानित गर्नेको खाँचो छ

राजनीति गर्ने मान्छेहरुले सदाचार अपनाएर राजनीति गर्ने मान्छेहरुले लोकतन्त्र अँगालेर, लोकतान्त्रिक आचरण अंगालेर, चरित्र अंगालेर राजनीतिलाई सम्मानित गर्नु आजको सबैभन्दा ठूलो खाँचो हो। यो राजनीतिप्रति जनतामा विश्वास जगाउनु आजको आवश्यकता हो।
६) राजनीतिमा जनताको विश्वास नभए कसरी बाँच्ने?

जनतामा राजनीति प्रति विश्वास जागेन भने राष्ट्र रहँदैन। राजनीति गर्ने मान्छे प्रति जनताले विश्वास गर्न छाडे भने राष्ट्रलाई कसले बचाउने? हामी कसरी बाँच्ने? आज हाम्रो बाँच्ने सवाल पनि छ, यो कुरा साथीहरुले बुझ्नुस्। पहिलो पोस्ट बाट

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment