+44(0) 1234 567 890 info@domainname.com

Saturday, February 20, 2016

श्रीमतीसँग जबरजस्ती करणी गरेमा श्रीमानलार्इ यस्ताे सजाय

1:43 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

श्रीमतीसँग जबरजस्ती करणी गरेमा श्रीमानलार्इ यस्ताे सजाय
काठमाण्डाै , ८ फागुन ।  प्रस्तावित देवानी कानुनमा पत्नीले परपुरुषसँग वा पतिले परस्त्रीसँग यौन सम्बन्ध राखे पतिपत्नीबीच सम्बन्ध विच्छेद गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, पतिले पत्नीसँग जर्बजस्ती करणी गरेमा समेत पत्नीले पतिसँग सम्बन्धविच्छेद गर्नसक्ने प्रावधान देवानी कानुनमा प्रस्ताव गरिएको छ ।
पतिले जाँड रक्सीको मातमा पत्नीलाई दुःख दिने र पत्नीको इच्छा नहुँदा नहुँदै पनि जर्बजस्ती यौन सम्पर्क गर्ने गरेका घटना सञ्चारमाध्यममार्फत बाहिर धेरै आउने गरेपछि त्यस्तो प्रावधानको व्यवस्था गरिएको सांसद्हरुको भनाइ छ ।
सम्बन्ध विच्छेदसम्बन्धी सो व्यवस्थामा पतिले पत्नीको मञ्जुरीबिना पनि सम्बन्ध विच्छेद गर्नसक्ने चारवटा कारण उल्लेख गरिएको छ भने पत्नीका लागि सम्बन्ध विच्छेद गर्नसक्ने छवटा व्यवस्था प्रस्ताव गरेको छ ।
प्रस्तावित व्यवस्थामा पतिले तीन वर्षसम्म पत्नीसँग अलग बसेमा, पत्नीले खानलाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, पत्नीले पतिको अङ्ग–भङ्ग हुनेगरी कष्ट दिएमा वा जाल प्रपञ्च गरेमा र पत्नीले परपुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा पतिले पत्नीसँग सम्बन्ध विच्छेद गर्नसक्ने छ ।
सोहीअनुसार, पत्नीले पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्नसक्ने व्यवस्था गरिएको छ । जसमा पतिले पत्नीको मन्जुरी नलिई लगातार तीन वर्ष अलग बसेमा, पतिले खानलाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, शारीरिक मानसिक यातना वा जाल प्रपञ्चगरेमा, पतिले अर्को विवाह गरेमा, पतिले अन्य स्त्रीसँग यौन सम्बन्ध राखेको ठहरमा पत्नीले पतिसँग सम्बन्ध विच्छेद गर्न चाहँदा गर्नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ । अाजकाे गोरखापत्र दैनिकमा खबर छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment