+44(0) 1234 567 890 info@domainname.com

Saturday, February 20, 2016

१ वर्ष भित्र सम्पन्न हुदै धरान खानेपानी योजना

1:40 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

 

धरान, फागुन ८ । नेपालको राजनीतिक अस्थिरताले अवरुद्ध बनेको धरान खानेपानी योजना १ वर्ष भित्रमा सम्पन्न हुने जनाइएको छ । खानेपानी परियोजनाको ३ स्थानमा ड्रिलिङको काम सकिएको छ भने दुई स्थानमा ड्रिलिङको काम भईरहेको छ । बाँकी रहेका स्थानमा पनि ड्रिलिङको काम ६ महिना भित्रमा सकिने परियोजनको परामर्शदाता कम्पनीका प्रमुख अनिल नेपालले बताए । उनका अनुसार धरान स्थित कुम्भी आहालमा २ वटा र चारकोशे जंगलमा रहेको कुमारखत सामुदायिक वन क्षेत्रमा एउटा ड्रिलिङको काम सकिएको छ भने वन क्षेत्रमै २ वटा स्थानमा ड्रिलिङको काम भईरहेको छ । धरान क्षेत्रमा ३ सय ८० किलोमिटर पाईप लाईन बिछ्याईने छ । जस मध्ये प्रत्येक महिना ३० किलोमिटर पाईन लाईन बिछयाउने गरिएकाले १३ महिनामा धरानका सबै क्षेत्रमा पाईपलाईन बिछ्याई सकिने छ ।

नेपालका अनुसार अनुसार रेल्वे सव स्टेशन धरान ११ स्थित विष्णु टोलमा ५ लाख लिटरको रिजर्भवेयर ट्याङकी निर्माण भईरहेको छ । धरान उपमहानगरपालिकाले खरिद गरेको ३ कट्ठा जमिनमा निर्माण भईरहेको रिजर्भवेयर ट्याङकीबाट ११ र १७ नं. वडाका स्थानियवासीलाई ६ महिना पछि पानी खुवाउने लक्ष्य लिईएको छ । घर–घरमा पानी पुर्याउन पाईपलाईन बिछ्याउने काम चालु रहेकाले ६ महिना भित्रमा परिक्षण वितरण शुरु गरिने तथा प्रेसर र लिकेज परिक्षण गरे पनि पुर्णरुपमा पानी वितरण शुरु हुने उनले वताए ।

त्यसै गरि विजयपुरको पिण्डेश्वर विद्यापीठ परिषरमा पनि ९ लाख लिटरको रिजर्भवेयर निर्माण शुरु भएको छ । विद्यापीठले दिएको निशुल्क ५ कट्ठा क्षेत्रफलमा निर्माण भएको रिजर्भवेयर ट्याङकीबाट १५, ३ र १४ नं. वडाको केही भागमा पानी वितरण गरिने परियोजना प्रमुख राजु पोखरेलले बताए । सोही क्षेत्रबाट पानी वितरणका लागि पनि पाईपलाईन बिछ्याउन थालिएको छ ।

आयोजनको काम तिव्र रुपमा अघि बढेको भएपनि नेपाल सरकारले दिएको अनुदान रकमको दोस्रो रनिङ बिलको रकम आई नपुगेको परियोजना प्रमुख पोखरेलले बताउँछन् । उनका अनुसार दोस्रो रनिङ बिलको कुल २० करोड रुपैया मध्ये नेपाल सरकारले दिएको अनुदान रकमको २४ प्रतिशतले हुन आउने करिब ५ करोड रुपैया रोकिएको छ । रकम निकासि नभए केही डिले हुन सक्ने भए पनि सयममै रकम उपलब्ध भए तोकिएको मितीमा परियोजना सकिने उनको भनाई छ । देशको वर्तमान अवस्थाका कारण ३ महिना निर्माण कार्य रोकिए पनि निर्माण कम्पनीका ठेकेदारले समयमै परियोजना सक्न दोब्बर मजदुर परिचालन गरेका छन् ।

दैनिक २४ घण्टा पानी वितरण गरिने योजना सहित शुरु भएको खानेपानी परियोजनाले फुस्रेमा ७ लाख लिटरको रिजर्भवेयर, पिण्डेश्वर परिषरमा ९ लाख, विष्णुचौकमा ५ लाख, र पञ्चकन्या मन्दिर क्षेत्रमा ५ लाख लिटर क्षमता भएको रिजर्भवायर निर्माण गरिरहेको छ । नेपाल खानेपानी संस्थानमा रहेको ३ वटा रिजर्भवेयर सहित ७ वटा रिजर्भवेयरमा पानी संकलन गर्ने तयारीमा लागि परेको छ ।

एशियाली विकाश बैंकले २६ प्रतिशत, उपमहानगरपालिकाले १५ प्रतिशत, नगर विकाशकोषबाट ३५ प्रतिशत र नेपाल सरकारले २४ प्रतिशत अनुदान रकममा कुल १ अर्ब ४८ करोडको लागतमा सन् २०१३ मा खानेपानी परियोजना शुरु भएको हो । सन २०१७ को जुन सम्ममा दैनिक २४ घण्टा पानी वितरण गर्ने योजना अनुसार संचालन भएको परियोजनाले पाईप लाईन बिस्तार गरिरहेको छ । 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment