भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
भूकम्प प्रभावित जिल्लाका क्षतिग्रस्त अधिकांश विद्यालयको पठनपाठन आउँदो शैक्षिक सत्रमा ठप्पै हुने देखिएको छ । गोरखा, धादिङ, काभ्रे, दोलखा, सिन्धुपाल्चोकलगायत भूकम्प प्रभावित जिल्लाका प्रायस् विद्यालय अझै पाल र टहरामा सञ्चालित छन् । भवन पुनर्निर्माणको काम हुन नसकेकाले हजारौं बालबालिकाको शैक्षिक भविष्य प्रभावित भएको छ ।
घाम–पानीले टहराका पाल च्यातिन थालेका छन् । हावाहुरीले पाल उडाउने अवस्था छ । ‘१० महिनाअघि बनाएका टहराका पाल च्यातिए,’ रत्नलक्ष्मी मावि गोरखा नगरपालिकाकी प्रधानाध्यापक साधना त्रिपाठीले भनिन्, ‘कक्षा अभावमा चौरमै राखेर विद्यार्थी पढाउनुपर्ने बाध्यता छ ।’

हुरीबतासले झयाल–ढोका नभएका जस्तापाताको अस्थायी टहरो उडाउने जोखिम बढेको नवदुर्गा निमावि ताप्लेका प्रधानाध्यापक अब्दुलकरिम मियाँले बताए । ‘दिउँसो जस्तापाता तातेर गर्मी हुन थालिसक्यो,’ उनले भने, ‘चैत वैशाखमा त बसिसक्नु हुँदैन ।’ जाडोमा हिमपातले बन्द भएका उत्तरी क्षेत्रका विद्यालय पनि गर्मी सुरु भएसँगै खुल्न थालेका छन् ।
दुर्गम उत्तरी क्षेत्रमा पनि अस्थायी टहरो र टेन्टमै पढाइ भइरहेको जनशक्ति उमावि नाम्जुङका प्राचार्य चिरञ्जीवी काप्रीले बताए । ‘वर्षातमा घाम लागे पनि पानी परे पनि पढाइ हुन सक्ने स्थिति छैन,’ उनले भने । भूकम्पले गोरखाका ४ हजार २ सय १६ कक्षाकोठा क्षति भएका छन् । जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले शिक्षा विभागसँग स्वीकृति लिएर गैरसरकारी संघसंस्थाले स्थायी र अर्धस्थायी प्रकृतिका भवन बनाउने काम थालेको बताए । करिब हजार कक्षाकोठा पुनर्निर्माण गर्न संघसंस्थाले स्वीकृति लिएकोमा आधा पनि बनेका छैनन् । ‘३ वर्षभित्र पुनर्निर्माण सक्ने योजना बनाएका छौं,’ उनले भने ।
दोलखामा बनाइएका अस्थायी सिकाइ केन्द्र पनि थोत्रा हुँदै गएपछि ४५ हजार विद्यार्थीको पढाइ सकसपूर्ण बन्दै गएको छ । भूकम्पले २ सय ६० वटा विद्यालयमा पूर्ण र १ सय २० विद्यालयमा आंशिक क्षति पुगेको छ । अधिकांश टहरामा पढाइ भइरहेको छ । बाबरे गाविसस्थित निकोभूमि उच्च माविका प्रधानाध्यापक हरीशचन्द्र यादवका अनुसार विद्यार्थी पहिले जाडोले त अहिले गर्मीले बिरामी परिरहेका छन् । हतारमा बनाइएका अस्थायी सिकाइ केन्द्रहरू अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् ।
भूकम्पपछि प्लान नेपाल, सेभ द चिल्ड्रेन, आरआरएन, सिविन, रिड नेपाललगायत गैरसकारी संस्थाले अस्थायी सिकाइ केन्द्र निर्माण गरेका हुन् । गैरसरकारी संस्थाका अनुसार अस्थायी सिकाइ केन्द्र १ वा २ महिनाका लागि प्रयोग गर्न मिल्ने गरी बनाइएकाले पुराना हुँदै जाँदा काम नलाग्ने अवस्थामा पुगेका हुन् ।
जिल्ला शिक्षा कार्यालयमा १ सय ८३ वटा कक्षाकोठा मर्मतका लागि रकम आएको छ । ३० विद्यालय पुनर्निर्माण गर्ने योजना भए पनि सुरुवात हुन सकेको छैन । एसियाली विकास बैंकले ४० वटा विद्यालय बनाइदिने भने पनि सुरु गरेको छैन । दोलखामा कार्यरत केही गैरसरकारी संस्थाले २५ विद्यालय बनाइदिने जानकारी दिए पनि अहिलेसम्म ८ वटाले मात्र विभागवाट स्वीकृति लिएर आएका छन् । भवन अभावले टेन्ट र टहरामा पढिरहेका विद्यार्थी पछिल्लो समय विद्यालय आउने क्रम घटेको छ ।
काभ्रेमा ५ सय ९० सामुदायिक विद्यालय अस्थायी रूपमा सञ्चालित छन् । तत्काल पुनर्निर्माण सुरु नभएकाले सरकारी विद्यालयहरू अस्थायी पाल र टहरामा सञ्चालन भएका हुन् । शिक्षा कार्यालयका शाखा अधिकृत बालकृष्ण सिंखडाका अनुसार जिल्लाका ५ सय ९० सामुदायिक विद्यालयमध्ये ३ सय ५३ पूर्ण रूपमा र १ सय ७४ मा अधिक क्षति पुगेको थियो ।
शिक्षा कार्यालय र गैरसरकारी संस्था समेतको सहयोगमा धेरै विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण गरिएको उनले बताए । कार्यालयले क्षतिग्रस्त संरचना हटाउन, अस्थायी व्यवस्थापन गर्न, खानेपानी, शौचालयलगायत व्यवस्था गर्न ५ सय २७ विद्यालयलाई ७ करोड ३४ लाख ५५ हजार रुपैयाँ विनियोजन गरेको छ ।
सिंखडाले केही संघसंस्थाको सहयोगमा विद्यालयका स्थायी संरचना बनाउन थालिएको जानकारी दिए । उनका अनुसार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी० ले जिल्लाका ४५ प्राथमिक विद्यालय निर्माण गर्ने प्रतिबद्धता जनाएकोमा १७ वटाको ठेक्का प्रक्रिया सुरु भइसकेको छ । ‘विभिन्न संघसंस्था र व्यक्तिले पनि विद्यालय भवन बनाइरहनुभएको छ,’ उनले भने, ‘मन्त्रालय र विभागले नै एउटा नीति लिएपछि गति लिन्छ होला ।’ चैतको पहिलो साताबाट सुरु हुने एसएलसी परीक्षाको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । ‘परीक्षा केन्द्र रहने विद्यालयमा पहिलेको तुलनामा विद्यार्थी संख्या घटाएका छौं,’ अधिकृत सिंखडाले भने, ‘पूर्ण क्षति भएका माध्यमिक विद्यालयमा परीक्षा केन्द्र हटाएका छौं ।’
यसैगरी रसुवाका १ सय ७ विद्यालयमध्ये ६८ विद्यालयमा पूर्ण क्षति पुगेको थियो । ती विद्यालयमा हाल पनि अस्थायी कक्षाकोठा ९पाल र टहरा० पठनपाठन भइरहेको छ । जिल्लाका लाङटाङ र हाकुको विद्यालय सदरमुकाम धुन्चेमा विस्थापित भएका छन् । ‘नयाँ शैक्षिकसत्र लाग्दासम्म अस्थायी केन्द्रमै विद्यालय सञ्चालन हुने देखिन्छ,’ शिक्षा कार्यालयका एक कर्मचारीले भने, ‘विद्यालय भवन निर्माण गर्ने प्रतिबद्धता भए पनि काम राम्ररी अघि बढेको छैन ।’
चालू आर्थिक वर्षको अन्त्यसम्ममा भूकम्पले क्षतिग्रस्त जिल्लाका ४० प्रतिशत विद्यालय भवन र कक्षाकोठा निर्माण भइसक्ने जिल्ला शिक्षा कार्यालय धादिङले दाबी गरेको छ । कार्यालयले सरकार, राष्ट्रियरअन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको लगानीमा ती विद्यालय बन्ने जनाएको छ । ‘भूकम्पलगत्तै विद्यालयहरू सुचारु गर्न बनाइएका अस्थायी टहरा भत्किसकेकाले पुनर्निर्माणको चरणमा स्थायी भवनमै जोड दिएर दाता संघसंस्थासँग सम्झौता गरेका छौं,’ जिशिअ गणेश ढकालले बताए ।
जिल्लाका ५ सय ८२ विद्यालयमध्ये करिब ५ सय विद्यालयका ४ हजार कक्षाकोठा पूर्ण रूपले क्षतिग्रस्त, १ हजार ४ सय आंशिक रूपले र १ हजार १ सय कक्षाकोठा मात्रै सुरक्षित थिए । भूकम्पले ९ शिक्षक र ७० विद्यार्थीको ज्यान लिएको थियो । जिल्लाका विकट उत्तरी भेकका ५ गाविसमा युनिसेफलगायतका संघसंस्थाले अस्थायी कक्षाकोठा निर्माण गरे पनि पाल र बाँस मक्किँदै गएकाले कक्षाकोठा भत्किने अवस्थामा पुगेका छन् । जिल्लामा विद्यालय निर्माणमा जाइका, युनिसेफलगायतका ३३ वटा संघसंस्थाले १ हजार ३ सय ७५ वटा कक्षाकोठा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । कक्षाकोठा निर्माण गर्ने काम सुरु भएको छ । पुनर्निर्माणका शिक्षा कार्यालयले ३ अर्ब १२ करोड ५० लाख रकम आवश्यक पर्ने जनाएको छ ।
सिन्धुपाल्चोकमा कति विद्यालयको पुनर्निर्माण गरियो जिल्ला शिक्षा कार्यालय नै अनभिज्ञ छ । पुनर्निर्माणका लागि भएका सम्झौता पनि अघि बढ्न सकेका छैनन् । तत्काल कक्षाकोठा मर्मत गरेर अध्यापन सुरु गराउन सरकारले अनुदानको व्यवस्था गरे पनि त्यसको सही कार्यान्वयन हुन सकेको छैन । सरकारले प्रतिकक्षाकोठा निर्माणका लागि १ लाख २५ हजार प्रदान गरेको थियो । जिल्लाका ५ सय ४७ विद्यालय भवनका करिब २ हजार ८ सय कोठा भूकम्पले क्षतिग्रस्त भएका छन् ।
‘भूकम्पबाट अति प्रभावित तातोपानी, लिस्ती, घुमथाङ, बरुवा, भोताङ, वासखर्कलगायतका लेकाली बस्तीका विद्यालय भवनको अभावमा अझै सहज रूपमा सञ्चालन हुन सकेका छैनन्,’ तातोपानी निमाविकी प्रधानाध्यापक गोमा कोइराला भन्छिन् । ‘कुनै विद्यालयको त भग्नावशेषसमेत हटाइएको छैन । तातोपानीकै यार्मासिंह प्राविका बालबालिका डेढ घण्टा टाढा गएर पनि टहरामा अध्ययन गरिरहेका छन् ।
यस्ता विद्यालय धेरै छन्,’ झिर्पु उमाविका प्रधानाध्यापक कृष्णहरि अधिकारीले भने, पहिरोको जोखिम अझै हटेको छैन । पहिरोमुनि पढाइरहेका छौं ।’ जिशिअ रुद्रहरि भण्डारीका अनुसार अधिकांश विद्यालय अस्थायी सिकाइ केन्द्र (टीएलसी) मा सञ्चालन भइरहेका छन् ।टीएलसी पनि धेरैजसो संघसंस्था र कुनैले सरकारी अनुदानबाट बनेका छन्, भण्डारीले भने, केहीबाहेक सबै विद्यालयको अवस्था नाजुक छ । एसियाली विकास बैंक (एडीबी) समेत संघसंस्थाको सहयोगमा विद्यालय भवन बनाउने पहल भइरहेको कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments:
Post a Comment