+44(0) 1234 567 890 info@domainname.com

Saturday, February 20, 2016

ओली र मोदीबीच ३५ मिनेट भयो यस्तो कुराकानी

4:11 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीवीच कुराकानी भएको छ । नयाँ दिल्लीको हैदराबाद हाउसमा भएको भेटवार्तामा दुबै प्रधानमन्त्रीले पछिल्लो समयमा दुई देशवीचको सम्बन्धमा देखिएको चिसोपनाको कारणहरु बारे खुलेरै छलफल गरेका छन् ।



दुई प्रधानमन्त्रीबीच नेपालमा जारी भएको संविधान, त्यसपछि सम्बन्धमा देखिएको चिसोपन, सीमा विवाद, मधेस आन्दोलन, सीमांकनको लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्र, भावी सम्बन्ध, पञ्चेश्वर आयोजनाको कार्यान्वयन, नेपालमा लगानी अभिबृद्धि, ब्यापारिक समस्या सहित सम्पूर्ण विषयहरुमा कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले नेपालमा संविधान जारी भएपछि भारतले स्वागत नगर्दा आएको समस्या र त्यसले नेपालीको जनजीवनमा पारेको प्रभावको विषयमा कुराकानी राख्दै आफू नेपाल भारत सम्बन्धलाई समधुर बनाएर अघि बढ्ने पक्षमा रहेको बताएका थिए ।

उनले मधेसको चाहना अनुसार संविधान संसोधन भईसकेको र सीमांकनको लागि पनि संयन्त्र गठन भईसकेकोले अब त्यसमा मधेसी दलहरुको पनि सहभागिता गराउने प्रतिबद्धता ब्यक्त गर्दै आफू नेपाल भारत सम्बन्ध सुमधुर बनाउन लागि परेको बताएका थिए ।

मोदीले नेपालमा संविधानसभाले जारी गरेको संविधानमा आफूहरुको असहमति नभएको स्पष्ट पार्दै केवल सबैको अपनत्वमात्रै होस भन्ने चाहना ब्यक्त गरेको बताएका थिए । उनीहरुवीच करिब ३५ मिनेट कुराकानी भएको थियो ।

 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment