+44(0) 1234 567 890 info@domainname.com

Saturday, February 20, 2016

नाकाबन्दीलाई भुलेर मोदीले यसरी गरे नेपालको संविधानको स्वागत

3:34 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानको खुलेर स्वागत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दिल्लीस्थित हैदरवाद हाउसमा भएको भेटवार्तापछिको पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालले पछिल्लो समयमा शान्ति, संविधान र संघीयतामा गरेको प्रगतिबाट आफू खुसी भएको बताए ।

‘पछिल्लो केही सालमा लोकतन्त्र र संघीयतामा नेपालले ठूलो प्रगति गरेको छ । नेपालको संविधानको रचना र उसका घोषण एक महत्वपूर्ण उपलब्धी हो । मोदीले भने, ‘यसको निर्माणमा योगदान दिएका राजनीतिक नेतृत्व र समाजका सबैको अभिनन्दन गर्दछु । यो संविधानको सफलता सहमति र संवादमा निर्भर हुनेछ ।’

नेपालको प्रगतिकोको उद्धेश्य प्राप्तिका लागि भारत सधैं एक सकारात्मक साधन रहने बताउँदै मोदीले भारतको आर्थिक प्रगति नेपालको सम्पन्नताको सहज मार्ग बन्ने पनि दोहो¥याए ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment