+44(0) 1234 567 890 info@domainname.com

Thursday, February 18, 2016

यसरी हुँदो रहेछ काठमाडौंमा इन्धनको कालोबजारी (भिडियो सहित) -

8:32 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

मिडिया एनपी, काठमाडौं, ६ फागुन । भारतीय नाकाबन्दी पछि मौलाएको कालाबजारी अहिले सम्म रोकिएको छैन । नाकाबन्दी हटेको भनिएको दुई हप्ता हुँदा पनि इन्धन लगायतका बस्तुको अभाव देखिँदा सम्बन्धित निकाय नै कालोबजारीमा संलग्न भएको आशंका गरिएका बेला यसमा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।

किर्तिपुरको ट्याङ्ला फाँटमा भूमिगत रुपमा इन्धन भण्डारण गरी कालोबजारी गरेको आरोपमा पक्राउ परेका दिपेश महर्जनलाई बिहीबार प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ ।

इन्धनको अभाव भएलगत्तै कालोबजारी गरेका महर्जनले डिजेल प्रतिलिटर पाँच सयमा बेच्ने गरेको भएपनि हाल एक सय ४० रुपैयाँमा बेच्ने गरेको महाशाखाका एसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार आरजी सप्लायर्सको नामबाट महर्जनले भूमिगत रुपमा भण्डारण गरेर डिजेल बेच्ने गरेका थिए । करिब १ हजार एक सय लिटर भण्डारण हुने भूमिगत क्षमतामा लुकाएर कालोबजारी गरेको अवस्थामा बुधबार महर्जनलाई पक्राउ गरेको उनको भनाइ छ ।- 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment