भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
सुर्य बस्याल । चर्चित लोक गायक बुद्धिसागर बस्यालको सर्वाधिक सफल गीत ‘लाहुरे’को म्युजिक भिडियो क्यानडामा सार्वजनिक गरिएको छ ।
क्यानडामामा रहेका नेपाली सञ्चारकर्मीको उपस्थितिमा उनले उक्त गीतलाई सार्वजनिक गरिएको थियो । लाहुरेको टोरोन्टोस्थित अवैतनिक महावाणिज्यदूत डा.कुञ्जर शर्मा र गैर नेपाली संघका केन्द्रिय सदस्य नवराज गुरुङले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
हरिहर दाहालको शब्द रहेको गीतमा बस्याल एक्लैले संगीत, दृष्य छायांकन, गायनको काम गरेका छन् । उक्त कार्यक्रममा लाहुरे गीतलाई बिभिन्न क्षेत्रका व्यक्तिहरुबाट प्राप्त सुझावहरु पनि देखाईएको थियो ।
कार्यक्रममा नेपालबाट उल्टो साइकल कुदाएर विश्व किर्तिमानी राखेका विरेश दाहाल पनि सहभागी थिए । भिडियोमा नेपालको प्राकृतिक सम्पदादेखी नेपालको सम्झना गरिएको छ ।
गीत हेर्नुहोस्:
भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment