भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
मिडिया एनपी, काठमाडौं, २८ पुस । धादिङ सलाङघाटका जीवन बुझ्ने पाको पुस्ता मात्रै होईन जीवन बुझ्न खोज्ने कलिलो पुस्ता त्रिसुलीमाथिको तुइनबाट दिनको दुईपटक मृत्यु सन्मुख पुगेर फर्कन्छन् । भविस्यको सूनौलो सपना बोकेर तुइन ख्याउँदै विद्यालय पुग्ने कलिलो पुस्ता अधिकांशका हातका हत्काले छियाछिया भएका छन् । उनीहरुको हात मात्रै होईन मन पनि छियाछिया भएको छ । - उनीहरु चाहन्छन् झोलुङ्गे पुलको सहारामा सजिलै विद्यालयको यात्रा पुरा गर्न । सलाङघाटका कलिला नानीहरुका ति सपनामा साथ दिने सपना चलचित्र निर्देशक तथा निर्माता दिनेश डिसीले पनि देखेका छन् । तर, उनको यो सपना पुरा हुनका लागि डीसीले निर्माण गरेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ले राम्रो व्यापार गर्नु पर्ने छ । यो चलचित्रले राम्रो व्यापार गरेको खण्डमा धादिङको सलाङघाटमा तुइन हटाएर झोलुङ्गे पुल बनाउने योजना दिनेशले लिएका छन् ।
त्यसो त उनले चलचित्र घाटा मै गएपनि ७ लाख ५० हजार रुपैयाँ सलाङघाटमा तुइन हटाएर झोलुङ्गे पुल निर्माणका लागि छुट्टाएको बताएका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी दिनेशले चलचित्रको सम्पुर्ण फाइदा रकम झोलुङ्गे पुल बनाउन लगानी गर्ने बताए ।
तुइनमा जीवन नै जोखिम राखेर विद्यालय पढ्न जाने विद्यार्थीका लागि झोलुङ्गे पुल निर्माण गर्ने अभियानमा लागेको उनले बताए । कार्यक्रमका प्रमुख अतिथी चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले सलाङघाटमा स्कुल निर्माण गरिदिने बताए । उनले प्रावी स्कुल निर्माण अभियान सुरु भैसकेको जानकारी दिए । पुल निर्माणको बिषयमा पछि योजना बनाउने भन्दै अहिले तुइनबाट विद्यालय जान नसक्ने विद्यार्थीका लागि प्रावी स्कुल बनाउने निर्वाणले जानकारी दिए । फागुन २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’मा नीता ढुंगाना र आमेष भण्डारीको मुख्य भूमिका छ ।
भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment