+44(0) 1234 567 890 info@domainname.com

Friday, January 29, 2016

आज सहिद दिवस, विविध कार्यक्रम गरि सहिदको सम्झना गरिदै

11:01 PM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



मिडिया एनपी, काठमाडौं, १६ माघ । आज सहिद दिवस, देशभर विभिन्न कार्यक्रम गरी सहिदप्रति सम्झना गरिदै छ । देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति विविध कार्यक्रम मार्फत सम्झनाका साथ सम्मान अर्पण गरिँदै छ ।

शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा एवं प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाको योगदानमा यो दिवस मनाइएको हो । हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’का रुपमा मनाउने गरिएको छ ।

विसं १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment