+44(0) 1234 567 890 info@domainname.com

Tuesday, January 19, 2016

यसकारण सहमत भयो चीन उत्तरी नाका खोल्न

8:05 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

काठमाडौँ, ५ माघ ।

अर्थमन्त्री विष्णु पौडेलले चीनसँग जोडिएका तातोपानी लगायतका उत्तरी नाका सहजरुपमा सञ्चालन गर्न चीन सरकार सहमत भएको बताए । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को उद्घाटन समारोहमा सहभागी भई स्वदेश फर्किएका अर्थमन्त्री पौडेलले पछिल्लो समयमा नेपालका समस्याका विषयमा चीन सरकार जानकार रहेको र त्यस विषयलाई गम्भीरतापूर्वक लिएको बताए ।


बैंकको उद्घाटनपछि आफूले चिनियाँ समकक्षी लोउ जिओयीसँगको पेट्रोलियम पदार्थ आयात गर्नका लागि ‘मङ्गोलिया मोडल’ कर छुट र सीमा नाकाबाट पेट्रोल उपलब्ध गराउने विषयमा अर्थमन्त्रीले ध्यानाकर्षण गराएको बताए । उनले भेटघाटमा इन्धन आपूर्ति, पूर्वाधार विकास र चिनियाँ लगानी बढाउन आग्रह गरेको र नेपाल–चीनबीचमा तयार गरिएका उच्चस्तरीय संयन्त्रलाई पनि बैठक नियमित गर्न आग्रह गरेको बताए ।



चिनियाँ अर्थमन्त्री जिओयीसँग दुई देशबीचको उच्चस्तरीय भ्रमणका विषयमा छलफल भएको र उनले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिई दुई पक्षको सम्बन्धलाई दीर्घकालीन विषयमा आपसी सम्बन्ध अगाडि बढाउन जोड दिएको बताए । भ्रमणका अवसरमा आफूले एआइआइबी बैंकका अध्यक्ष जिन लिकुनसँगको भेटमा सडक पूर्वाधार र विद्युत्मा उत्साहजनकमा लागानी गर्न आग्रह गरेको बताए ।

जवाफमा बैंकका अध्यक्षले आफू पटकपटक नेपाल भ्रमणमा आएको र पूर्वाधार विकासप्रति गम्भीर चासो दिएको र यही २०१६ मै सुरु गर्ने गरी उपयुक्त परियोजना छनोट गरेर बैंकसमक्ष पेस गर्न आग्रह गरेको अर्थमन्त्री पौडेलले बताए । आफूले मध्यपहाडी राजमार्ग, उत्तर दक्षिण राजमार्ग, केरुङ सडक, किमाथाङ्का खाँदबारी सडक र विभिन्न प्रसारण लाइन निर्माणमा लगानी गर्न बैंकसँग आग्रह गरेको अर्थमन्त्री पौडेलको भनाइ थियो ।

बूढीगण्डकी, नलसिंहगाड, तामाकोसी तेस्रो र तल्लो अरुणलगायतका आयोजना तयारी अवस्थामा रहेको स्मरण गराउँदै आफूले जलविद्युत् क्षेत्रमा लगानी होस् भन्ने विषयमा ध्यानाकर्षण गराएको उनले जानकारी दिए । जनवरी १६ मा भएको बैंकको उद्घाटनमा २४ देशका मन्त्री र ५७ देशका प्रतिनिधिको सहभागिता थियो । उद्घाटन सत्रलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सि जिङ् पिङले अल्पविकसित मुलुकमा परियोजना छनोट गरी खर्च गर्ने उद्देश्यका साथमा ५० विलियन डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका थिए ।

पूर्वाधार विकासमा लगानी गर्ने उद्देश्य रहेको यस बैंकको अधिकृत पुँजी १०० अर्ब डलर छ भने तत्कालका लागि जारी पुँजी २० अर्ब डलर रहेको छ । यो बैंकको १० लाख कित्ता सेयरमध्ये सबैभन्दा दुई लाख ९८ हजार ८०४ कित्ता बढी चीनको छ । नेपालको ०।०८०९ प्रतिशत कित्ताअर्थात् ८०९ कित्ता सेयर रहेको छ । नेपालले १० वर्षमा प्रतिवर्ष १६ करोड रुपैयाँको ९१६ लाख अमेरिकी डलर०का दरले भुक्तानी गर्ने सुविधा नेपाललाई प्राप्त छ । सम्बोधनका क्रममा आफूले कमजोर पूर्वाधारलाई माथि उठाउन यो बैंकको स्थापना महत्वपूर्ण हुने धारणा राख्दै अरु बहुपक्षीय संस्थाभन्दा एआइआइबी बैंक मौलिक ढङ्गबाट अगाडि बढ्ने अपेक्षा गरेको जानकारी दिए ।

अर्थमन्त्री पौडेलले नेपाललाई सन् २०२२ विकासशील राष्ट्र र सन् २०३० सम्म मध्यम आय भएको मुलुकमा पु¥याउन लागि यो बैंकको सहयोगी भूमिका हुनेछ भन्ने नेपालका तर्फबाट आफूले धारणा राखेको बताए । बैंकको बोर्ड अफ गभर्नरको बैठकले नौ जना एसिया र प्रशान्त क्षेत्रका र तीन जना गैरएसिया क्षेत्रका गरी १२ जनाको बोर्ड अफ डारेक्टरको निर्वाचन गरेको र त्यसमा नेपाल निर्वाचित भएको उनले जानकारी दिए ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment