+44(0) 1234 567 890 info@domainname.com

Tuesday, January 19, 2016

मुसहर बस्तीमा भगवान बने ‘धुर्मुस-सुन्तली’, बाँडे सिरक, डसना र चामल

10:07 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस


महोत्तरी। मुसहर वस्तीका ५५ परिवारलाई चर्चित हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले २-२ वटा सिरक र डस्ना वितरण गरेका छन् । महोत्तरीको बर्दिबास पुग्दामुसहर बस्तीमा नेपाली कम्युनिटी सेन्टर ओल्र्याण्डो र युनाइटेड फ्लोरिडाको सहयोगमा धुर्मुस सुन्तली फाउण्डेशनले साढे ५ लाख बराबरको तत्कालीन राहात प्याकेज वितरण गरेको हो ।

धुर्मुस सुन्तलीले तत्कालका लागि मुसहर बस्तीमा रहेका ५५ परिवारलाई प्रति परिवार दुई दुई वटा न्यानो सिरक र डस्ना वितरण गरेका छन् । त्यस्तै सबै परिवारलाई एक एकबोरा चामल, दाल लगायतका उपभोग्य सामग्री पनि उपलब्ध गराएका छन् । यस्तै, मुसहर बस्तीकै सबैभन्दा बढी अध्ययन गरीरहेका मन्जे सदालाई धुर्मुस सुन्तली फाउण्डेशनले प्रोत्साहन स्वरुप ५ हजार रुपैँया नगद पनि प्रदान गरेको छ ।


विद्यालय नजिकै रहे पनि पढ्न नजाने समस्या रहेकाले अरुलाई पनि हौसला दिनका लागि उक्त नगद रकमदिइएको फाउण्डेशनले जनाएको छ । अहिले कक्षा ११ माअध्ययनरत मन्जे सदाले धुर्मुस सुन्तलीले गरेको सम्मानले आफुलाई थप प्रोत्साहन मिलेको भन्दै मुसहर समुदायमा शिक्षाको महत्वबुझाउने संकल्प गरेका छन् । विभिन्न सरकारी निकायका प्रतिनिधिहरुले पनिमुसहर बस्ती विकासकालागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



राहातवितरण गर्दै धुर्मुस सुन्तलीले सबैको साथ र सहयोग पाएमा मुसहर बस्तीको मुहार फेर्ने अभियानको नेतृत्व लिन आफुहरु तयार रहेको बताएका छन् । भूकम्प पछि ७७ दिनमा प्रशंसा योग्य एकिकृत नमुना बस्ती बसालेको अनुभवपनि रहेको भन्दै उनीहरुले मुसहर बस्तीको मुहार फेर्न सकिने बताएका हुन् । मुसहर समुदायको जीवनस्तर उकास्नका लागि औपचारीक शिक्षासँगै व्यापक जनचेतनाको खाँचो रहेको हाँस्यकलाकार सिताराम कट्टेलको भनाई छ ।

गरीब र पिछडीएका समुदायको उत्थान गर्न सके देश आफैँ विकसीत बन्दै जानेमा उनको विश्वास छ । यसको साथै तराईका मुसहर बस्ती पिडित समुदायको पिडामा मल्हम लगाउन सके मधेश र पहाडबीचको तिक्तता कम हुनेमा पनि धुर्मुस विश्वस्त छन् । आफुहरु मधेस र पहाडबीचको पुलबन्नचाहेको पनिउनले स्पष्ट गरेका छन् । मुसहर बस्तीमा उक्त सहयोग सामग्रीवितरण गर्दै कुञ्जना घिमीरेले आधार भुत आवश्यकताको नै अभाव रहेको प्रति दुख व्यक्त गरेकी छिन् ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment