भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
लम्सालसँग गरिएको कुराकनीको अन्य अंश आगामी दिनमा प्रकाशित गर्दै जानेछौ । लामो समय रेडियो नेपालको टुडियो र माक्रोफोनसँग मित्रता गासेर जीवन विताएका नवराज लम्साल साना दुःखले आजको उचाइमा पुगेका होईनन् । रेडियो नेपालको लामो कार्यकालमा उनले थुप्रै कार्यक्रम चलाए । तर, उनलाई चिनायो मधुबनले । मधुबनले उनलाई मात्रै चिनाएन, थुप्रै स्रष्टा सर्जक पनि जन्माएको छ ।
उनको आवाजले स्रष्टा मात्रै जन्माएन, सँगै जन्मायो प्रेम र सद्भाव पनि । उनको बोलीबाट प्रभावित भएर, उनको बोल्नै शैली मन पराएर प्रेम प्रस्ताव राख्ने ठिटीहरु पनि थुप्रै थिए । तर, उनले त्यो प्रस्तावलाई हिजो आजको चल्तिको प्रेमका रुपमा लिएनन् । पारिवारिक प्रेममा बदल्न खोजे । त्यो प्रेम, स्नेह र हार्दिकतापूर्ण भयो ।
अलि फरक प्रेमलाई गीत बनाए र रेकर्ड गराए । तर, त्यही फरक प्रेमलाई अभिब्यक्त गर्ने मान्छे आजसम्म भेटेका छैनन् उनले ।
‘तिमी जून हौ आकाशमै बस, जगमगाउने तारा छोडी भुईंमा नझर, तिमीलाई सुहाउन्न मेरो संसार’ यो गीत लम्सालले उनलाई एककोहोरो प्रेम गर्ने प्रेमीकाका लागि लेखेका थिए । त्यो गीतपछि उनले श्रृङखलाबद्ध ३ वटा गीत लेखे । त्यो गीतले निक्कै लोकप्रिय बन्यो पनि, तर लम्साल आफैलाई थाहा छैन उनले त्यो गीत जस्लाई लेखे उसैले सुन्न पाएकी छन या छैनन् ।
यो गीत लेखाईको पृष्ठभुमी अलि फरक थियो । नवराज लम्सालले रेडियो नेपालमा मधुवन चलाईरहदा ७ कक्षामा पढ्ने एउटी कलिली नानीले भुलबस फोन गरेकी थिइन । त्यो फोन उनले प्लस टु सक्ने बेलासम्म निरन्तर राजी रह्यो । प्लस टु पछि ति नानीले लम्साललाई रातो कारमा पोखरा घुम्न जाने अफर गरिन । लम्सालले त्यो अफर स्विका गर्न सकेनन् । उनी आजसम्म लम्सालबाट बेखबर छन् ।
त्यसपछि हो लम्सालले ‘तिमी जून हौ आकाशमै बस, जगमगाउने तारा छोडी भुईंमा नझर, तिमीलाई सुहाउन्न मेरो संसार’ यो गीत लेखेको । यस्तै यस्तै धेरै गीत लेखेका छन् प्रेमसँग गासिएर लम्सालले जीवनमा । जीवनलाई पनि अलि फरक आँखाले हेरेका छन् उनले । त्यसो त सजिलो जीवन बाँच्नेहरु भन्दा साह्रै असहज जीवन बाँच्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा उनका प्रिय मान्छे आजसम्म पनि । र देवकोटाकै बाटोमा हिडेका लम्सालले जीवनलाई पनि सुख र दुखबिचको सम्झौतालाई जीवन भनेका छन् ।
भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment