भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |
नेकपा (एमाले)का सचिव प्रदिप ज्ञावलीले देशको प्रधानमन्त्रीले जनतालाई नयाँ सपना नदेखाउने हो भने पढेलेखेका यूरोप अमेरिका र नपढेका यूवाहरु खाँडी राष्ट्र गए भई हाल्छ किन राष्ट्र चाहियो भनि प्रश्न गरेका छन ।
राजधानीमा आयोजीत साक्षात्कारमा उनले भने,‘रिबन काट्ने, उद्घाटनमात्रै गर्ने र १० देखि ५ बजेसम्मको ड्यूटी गर्ने हो भने किन चाहियो सरकार ? सरकारले सपना देखाउन सक्नु पर्छ । तर त्यसलाई कार्यान्वयन गर्न सचेतता, एजेण्डा र कार्यान्वयनको योजना चाहिन्छ । भुकम्प, नाकाबन्दीले चुर भएको मुलुकलाई सपना देखाउन सक्ने नेतृत्व चाहिएको छ । नयाँ सपना नदेखाउने हो भने पढेलेखेका यूरोप, अमेरिका र अरु खाँडी गए भई हाल्यो । नेपाल किन चाहियो ?’ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिब्यक्तिलाई लिएर सर्वत्र आलोचना भईरहेको बेला त्यसको बचाऊ गर्दै उनी निकट ज्ञावलीको यस्तो भनाई आएको हो ।
साक्षात्कारमा सचिव ज्ञावलीले मधेस समस्या समाधानको विन्दुमा पुगेको भन्दै आगामि ५ माघ अघि नै समझदारी हुने विश्वास ब्यक्त गरे ।
उनले भने,‘५ माघभित्रै सहमति हुनुपर्छ । मधेस आन्दोलनले आन्तरिक राजनीतिमा बाह्य चासो बढाएको, सामाजिक सद्भावमा आच पुर्याउने, अर्थतन्त्रलाई नराम्रोसँग प्रभावित गरेको र मुलुकमा अराजकता बढाएको छ । त्यसैले यसलाई जतिसक्दो चाडो हल गर्नु पर्छ । बार्तालाई हल्का रुपमा लिनु हुँदैन अहिले मुलुकको लागि यो भन्दा ठूलो एजेण्डा छैन । बार्तामा रहेका मन्त्रीहरुले यसलाई गंभिर रुपमा लिनु पर्छ ।’
एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले संसदमा रहेको संविधान संसोधनमा भाषा मिलाएर मधेसको माग आधार पुरा हुने भन्दै सीमांकनमा संसदबाट अनुमोदन गरेर संबैधानिक हैसियतसहितको राजनीतिक संयन्त्र गठन गरेर अघि बढ्ने बताए । उनले भने,‘ हामी मधेस आन्दोलन समाधान गर्ने दिशामा छौ । मधेस आन्दोलन संबोधन गर्ने समय आएको छ । कसैलाई निषेध गरेर, थकाएर हुँदैन यो लोकतान्त्रिक चरित्र होईन ।’
प्रवक्त शर्माले देश अप्ठ्यारोमा परेको बेला सबै फाईदा लिन लाग्ने भएकोले नाकाबन्दीको नाममा कालाबजारी बढेको भन्दै मधेस मुद्दालाई सम्मानजनक निष्कर्समा पुर्याएपछि यसको अन्त्य हुने दावी गरे । सरकार र मधेसी दुबै सकारात्मक भएकोले कुरा मिल्ने विश्वास ब्यक्त गर्दै उनले मधेसी दलहरुहरुलाई नाका खोल्न आग्रह सहित सहमति नभए फेरि आन्दोलन गर्न सुझाव दिए ।
प्रवक्ता शर्माले सरकार सफल असफल के भयो भनेर भन्ने बेला नभएको भन्दै सरकारको समिक्षा गर्ने बेला समेत नभएको बताए । उनले भने,‘ राष्ट्रिय समस्यालाई केन्द्रमा राखेर सरकारको मुल्याङक गर्नु पर्छ । अहिले पार्टीको तर्फबाट कुनै पनि मन्त्री फिर्ता बोलाउनु पर्ने आवश्यकता छैन ।’ नेपाली काग्रेसका सभासद रामहरी खतिवडाले संसदमा रहेको संविधान संसोधन प्रस्ताव पारित भएपछि मधेसी मोर्चाको कुनै माग बाँकी नरहने दावी गर्दै संसोधनमा मोर्चा पनि सहमतिमा आउने विश्वास ब्यक्त गरे ।
सीमांकन नेताहरु कोठामा बसेर नहुने भएकोले विज्ञहरुको सुझावको आधारमा गर्नु पर्ने भन्दै विवादित पाँच जिल्लाको कुरा नेताहरुले भन्दा पनि त्यहाँका जनताले भनेको आधारमा गर्नु पर्नेमा जोड दिए । खतिवडाले राजनीति चुनावको बेलामा मात्रै गर्न आग्रह गर्दै अरु बेला मुलुकलाई दुख नदिने भलो सोच्न सुझाव दिए । प्रधानमन्त्रीको पछिल्लो अभिब्यक्तिप्रति टिप्पणी गर्दै उनले जथाभावी बोलेर जनताको मजाक नउडाउन सचेत गराए । उनले भने,‘ सक्ने जति कुरा बोलौ । प्रधानमन्त्रीले मुलुकको शिर उचो राख्ने गरी बोल्नु पर्छ । उखान टुक्काले देश चल्दैन । हसिमजाकले देश बन्दैन । राम्रो काम गरे सरकारलाई सधै समर्थन गर्छौ ।’
भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस
![]() |

0 comments:
Post a Comment