+44(0) 1234 567 890 info@domainname.com

Tuesday, January 19, 2016

ओली सरकार ढल्ने डा.रिजालको यस्तो खुलासा

8:23 AM

Share it Please

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



काठमाडौँ, ५ माघ ।

उपप्रधान एवम महिला बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षाको सवालमा सरकार सफल भएको दावी गरेका छन ।


आयोजीत साक्षात्कारमा उनले नाकाबन्दी र मधेस समस्या पुरानै सरकारको उत्तरदायित्वको रुपमा अहिले आएकोले यसलाई लिएर सरकारको काम कारवाहीको मुल्याङकन गर्न नमिल्ने भन्दै सरकार अहिलेका समस्या समाधानमा सहि दिशामा प्रयत्नहरु अगाडि बढाईरहेको बताए ।
उपप्रधानमन्त्री मैनालीले भने,‘ विगतमा हामीले ब्यापार र पारवहनमा एक मुखे हुँदाको शिक्षा लिएनौ । सरकारले भारतसँग सम्बन्ध नर्मल गर्दै ब्यापार विविधीकरण गर्छौ । राष्ट्रियताको सवालमा घुंडा टेकेनौ, आपूर्ति सहज बनाउन लागेका छौ । ’



उनले सय दिनमा सयमा केही कमजोरी भएको स्विकार्दै कालाबजारी र मुनाफाखोरीलाई नियन्त्रण गर्न नसकेको बताए । उपप्रधानमन्त्री मैनालीले पेट्रोलियम पदार्थको बाहिर समाचार आए जस्तो अपाूर्ति बढी भए पनि सहज नहुनु अपराधीकरण भएको भन्दै मुनाफाखोरी लाई दण्डित गर्ने प्रतिबद्धता ब्यक्त गरे । उपप्रधानमन्त्री मैनालीले मधेसी दलहरु मधेस केन्द्रीत नभई आत्म केन्द्रीत भएकोले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको भन्दै हिमाल हिमालको प्रदेश सम्भव छैन भने तराई तराईको प्रदेश पनि नहुने स्पष्ट पारे ।

उनले मधेसी दलहरुले सीमांकन गर्ने संयन्त्रको कार्यादेशलाई अनुसूचिमा राख्न नसकिने र मधेसमा दुई प्रदेश पनि हुन नसक्ने भन्दै छिमेकी मुलुकसँगको असंलग्न र तटस्थ परराष्ट्र नीति अनुसारकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउँदा राम्रो हुने तर्क गरे ।

प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकार हरेक क्षेत्रमा असफल प्रमाणित भईसकेको भन्दै सरकारले आफ्नो काम प्रभावकारी ढंगले अगाडि नबढाए आफै ढल्ने चेतावनी दिए । उनले काग्रेसलाई अहिले सरकार ढाल्ने फुर्सद नभएको भन्दै पार्टीको महाधिवेशन, भुकम्पको पुर्ननिर्माण, अघोषित नाकाबन्दी र मधेसको समाधान गर्नु पर्ने बेला भएकोले काग्रेस सरकार ढाल्न भने नलाग्ने स्पष्ट पारे ।
रिजालले भने,‘जनताले सरकारको कामप्रति निराशा प्रकट गर्न थालिसकेका छन । प्रधानमन्त्री आफै आफ्नो खिसिटिउरी गर्दैछन । यस्तो हो भने सरकार ढल्ने दिन टाढा छैन । तर काग्रेस अहिले सरकार ढाल्न तिर लाग्दैन ।’ मधेसको समस्या समाधानमा नेकपा एमालेसँग कुरा नमिलेकोले अलग भएको भन्दै प्रधानमन्त्री पद उखान टुक्क गर्ने नभई कम गर्ने पद भएकोले अहिले मजाक नगरी काम गर्ने बेला भएको स्मरण गराए ।

 

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 comments:

Post a Comment